बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

रियालिटी शो अन्ताक्षरीको डिजिटल अडिसन सुरु

बिहीबार, १७ असोज २०८१, १७ : ४५
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । नयाँ रियालिटी शो अन्ताक्षरीको डिजिटल अडिसन सुरु भएको छ । नोबडी प्रोडक्सनले भदौ २४ गते काठमाडौँमा  घोषणा गरेको नयाँ रियालिटी शो अन्ताक्षरीको बिहीबार घटस्थापनाका दिन डिजिटल अडिसनको सुरु गरेको हो । 

नोबडी प्रोडक्सनको सामाजिक सञ्जाल डोकोमार्फत बिहीबार साँझ ५ बजे भिडियो पोस्ट गर्दै डिजिटल अडिसनको सुरुवात गरिएको छ ।  

करिब पाँच मिनेट लामो  प्रोमोसनल भिडियोमा सहभागी हुन चाहने सबै जनालाई अन्ताक्षरीको यात्रामा जोडिन आग्रह गरिएको छ । 

नेपालमा को बन्छ करोडपति, सारेगमप लिटिल च्याम्प्स नेपाल, क्राइम पट्रोल नेपाल जस्ता फ्रेन्चाइज सो भित्र्याउने नोबडी प्रोडक्सनको यो नयाँ शोलाई निकै प्रतीक्षा गरिएको जनाइएको छ ।

शोको फर्म्याट, होस्ट ‌ लगायत सबै कुराहरू गोप्य राखिएकाले दर्शक माझ शोलाई लिएर कौतुहलता बढेको नोबडी प्रोडक्सनले जनाएको छ ।

शोका प्रोजेक्ट हेड बिपिनकुमार आचार्यले शो चैतदेखि टिभी र अन्य डिजिटल प्लटफर्ममा आउने जानकारी दिए ।  शोको प्रिप्रोडक्सन कार्य धमाधम भइरहेको र डिजिटल अडिसन पछाडि फिजिकल अडिसन हुने उनले जानकारी दिए ।   

घटस्थापनाको अवसरमा सुरु भएको अन्ताक्षरीको वर्ल्ड वाइड डिजिटल अडिसनमा सहभागी हुन अन्ताक्षरीको ह्वाट्सएप र भाइबर नम्बर ९८६८६३४८०७ मा आफ्नो नाम, नम्बर र ठेगाना खुलाई अन्ताक्षरी खेलेको भिडियो पठाउन सकिने जनाइएको छ ।

पठाएको भिडियोमा अन्ताक्षरीको फर्म्याटमा कम्तिमा ६ वटा गीत गाएर पठाएर डिजिटल अडिसनमा सहभागी हुन सकिने नोबडी प्रोडक्सनले जनाएको छ ।  

नोबडि प्रोडक्शनले भदौ २४ गते अन्ताक्षरीका साथै अरू दुई रियालिटी शो सारेगमप लिटिल च्याम्पस् नेपाल सिजन २ का साथै ब्रिलियन्ट ब्रेन्सको पनि घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप