बाढी पहिरो पीडितलाई तत्काल राहत र व्यवस्थापन गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । अखिल क्रान्तिकारीले बाढी पहिरो पीडितहरूलाई तत्काल राहत र व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । सो सङ्गठनले प्राकृतिक प्रकोपको पूर्वानुमान भएपछि सम्भावित जोखिमको सही पहिचान गरी क्षति न्यूनीकरण, बेपत्ताहरूको खोजी कार्य, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था र विस्थापितलाई पुनर्स्थापित गर्न समेत माग गरेको छ । बिहीबार अध्यक्ष मण्डलले एक विज्ञप्ति जारी गर्दै पीडितहरूको तत्काल राहत तथा पुनर्स्थापना गर्न माग गरेको हो ।
‘प्राकृतिक प्रकोपको पूर्वानुमान भएपछि सम्भावित जोखिमको सही पहिचान गरी न्यूनीकरण गर्न, बेपत्ताहरूको खोजी कार्य गर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, विस्थापितलाई पुनः स्थापित गर्न सरकारसँग जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ । यसैगरी देश र जनता दुःख र सङ्कटको परिस्थितिबाट गुज्रिरहँदा समेत सरकार उदासीन रहेको आरोप लगाएको छ ।
‘देशको राजधानीमै लामो समयसम्म उद्धारको प्रतीक्षा गर्दागर्दै अन्ततः बाढीसँगै बग्नुपर्ने जुन अत्यन्तै पीडादायी अवस्था देखियो । यसले सरकार देश र जनताप्रति उदासीन रहेको कुरा प्रस्ट हुन्छ’, सरकारलाई चेतावनी दिँदै भनेको छ, ‘देश र जनता दुख र सङ्कटको परिस्थितिबाट गुज्रिरहँदा सरकारलाई उदासीन नहुन र हेलचेक्रयाई नगर्न कडा चेतावनी दिन चाहान्छौं ।’
हाम्रो सङ्गठनका सम्बन्धित क्षेत्रमा रहेका सबै नेता तथा कार्यकर्तालाई राहत, उद्धार र पुनर्स्थापनाका लागि तीव्र रूपमा जुट्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा