गण्डकी प्रदेश सरकारले बाढी पहिरो पीडितलाई ५० लाख सहयोग गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले बाढी पहिरो पीडित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
अघिल्लो साताको अविरल वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न ठाउँमा बाढी पहिरोबाट २ सयभन्दा बढीको मृत्यु भएको छ । ‘विपद्का कारण काठमाडौँ उपत्यकासहित देशभर ठुलो मानवीय र भौतिक क्षति भयो । यो विपत्तिको सामना हामी सबै मिलेर गर्नुपर्छ भन्ने धेयले प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो,’ पाण्डेले भने ।
यसअघि जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि पनि गण्डकी सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।
यसैबिच, बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा.प्रेरणा सेढाईको संयोजकत्वमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकाल सदस्य रहने गरी समिति गठन गरिएको हो ।
समितिले प्रदेशभर विपद्ले पुर्याएको क्षतिको मूल्याङ्कन गरी काम सुरु गरेको १५ दिन भित्र सुझाव सहितको प्रतिवेदन सरकार समक्ष पेस गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति