शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल ल क्याम्पस र ल फर्महरूबिच ‘पेड इन्टर्नसिप’मा हस्ताक्षर

बिहीबार, १७ असोज २०८१, १७ : ३२
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । नेपाल ल क्याम्पसका विद्यार्थीहरूले १३ वटा ल फर्ममा ‘इन्टर्नसिप’ गर्ने गरी सम्झौता भएको छ । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको पहलमा ‘पेड इन्टर्नसिप’ अभियान अन्तर्गत उक्त सम्झौता भएको हो ।

सङ्घका अध्यक्ष दुजाङ शेर्पाले दिएको जानकारीअनुसार बुधवार नेपाल ल क्याम्पस र विभिन्न १३ वटा प्रतिष्ठित ल फर्म बिच सम्झौतामा हस्ताक्षर गरिएको छ ।

‘यस अभियानले विद्यार्थीहरूलाई अदालती प्रक्रिया र सीप हासिल गर्न मद्दत गर्नेछ, जसले भविष्यमा कानुनी क्षेत्रमा पेसागत सफलताको मार्ग प्रशस्त गर्नेछ‚’ अध्यक्ष शेर्पाले भने‚ ‘इन्टर्नसिप अनुभवले विद्यार्थीलाई अदालतमा प्रवेश गर्ने मुद्दाहरूको मस्यौदा, अनुसन्धान एवं सिङ्गो कार्यविधिको अभ्यास अवसर दिन्छ, जसले शैक्षिक यात्रा अझ प्रभावकारी बनाउनेछ भन्ने विश्वास हामीले लिएका छौँ।’

शेर्पाका अनुसार सो सम्झौतामा नेपाल ल क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख श्यामबहादुर कार्की र ल फर्महरूको तर्फबाट वरिष्ठ अधिवक्ता, अधिवक्ताहरूले हस्ताक्षर गरेका छन् ।

‘अभियानको छैटौँ चरण अन्तर्गत नेपाल ल क्याम्पसमा पनि अभियान सुचारु गरेका हौँ‚’ शेर्पाले भने ।

यी हुन् इन्टर्नसिप गर्न पाइने ल फर्महरू

वरिष्ठ अधिवक्ता मुक्ति प्रधान- नेपाल कानुनी उपचार केन्द्र

वरिष्ठ अधिवक्ता सीताराम केसी -  प्रिमियम ल फर्म

वरिष्ठ अधिवक्ता खम्म ब. खाती - बडिमालिका ल कर्नसन्

वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी- ग्रिन ल एसोसिएट्स,

वरिष्ठ अधिवक्ता केशरमणि अर्याल - मालिका कनौनी सेवा सदन

वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी - अभिषेक कानुन फर्म

अधिवक्ता डा विनीता कार्की - क्रिएटिभ लयर्स एसोसिएट्स

अधिवक्ता डा। विष्णु बस्याल -  शुभ प्रभात कानुनी सेवा सदन

अधिवक्ता लक्ष्मीदेवी रावल - ग्रिन ल्यान्ड कानुन एसोसिएट्स

अधिवक्ता तेज रावल - मणि लेक कानुन फर्म

अधिवक्ता सुवास आचार्य - आचार्य एन्ड एसोसिएट्स,

अधिवक्ता प्रदीप थापा - प्राइम ल एसोसिएट्स,

अधिवक्ता अजय पटेल - आस्था कानुन र अनुसन्धान केन्द्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप