बाढी प्रभावित शैक्षिक संस्थामा पढाइको वातावरण सिर्जना कांग्रेसको माग

काठमाडौँ । सत्ता साझेदार दल नेपाली नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागले बाढी प्रभावित शैक्षिक संस्थामा पढाइको वातावरण सृजना गर्न सरकारसँग कांग्रेसको माग गरेको छ । विभागको बिहीबार बसेको बैठकले ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा भएको क्षतिका कारण शिक्षा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गरेर पढाई सुचारु गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।
केन्द्रीय सदस्य नैनसिंह महरको नेतृत्वमा रहेको विभागले पीडित परिवारलाई आवश्यक सहयोगको निम्ति समेत सरकारलाई ध्यानाकर्षण गराएको छ । साथै‚ सरकार प्रत्यक्ष मारमा परेका विद्यालय, विश्वविद्यालय, विद्यार्थी र शिक्षकको समस्या केन्द्रित हुनुपर्ने विभागको भनाई छ।
विभाग प्रमुख महरका अनुसार बैठकले वर्षाका कारण भएका भौतिक तथा मानवीय क्षतिप्रति संवेदनशील बन्न र जनताको आवश्यकता बुझेर राहत दिन पनि अनुरोध गरेको छ । यस्तै शिक्षा विभागको तर्फबाट केही शैक्षिक सामाग्रीहरू प्रदान गरी शिक्षण सिकाई क्रियाकलापलाई सहजीकरण गर्न सहयोग गर्ने निर्णय समेत विभागले गरेको छ । शिक्षा नीति निर्माण गर्न देशभरका ६,७४३ वडा, ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रबाट सुझाव समेट्ने निर्णय समेत भएको महरले जानकारी दिए ।
आज बसेको बैठकले संसदमा थन्किएर बसेको विद्यालय शिक्षा विधेयकमाथि सरोकारवालाहरूसँगको थप छलफल गरेर विधेयक पास गर्नुपर्ने र शिक्षा भित्रका विद्यमान रहेका समस्या समाधान गर्न संसद् र राजनीतिक दलहरूसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
-
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै