बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

सिरियामा इजरायलको हवाई हमलामा हिजबुल्लाह प्रमुख नसरल्लाहका ज्वाइँको मृत्यु

बिहीबार, १७ असोज २०८१, १६ : ०४
बिहीबार, १७ असोज २०८१

दमास्कस । सिरियामा इजरायलले गरेको हवाई आक्रमणमा परेर हिजबुल्लाह प्रमुख हसन नसरल्लाहका ज्वाइँ हसन जाफर अल कासिर मारिएका छन् । समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै यो खबर छापेको हो । 

इजरायली सेनाले बुधबार सिरियाको राजधानी दमास्कसमा गरेको हवाई आक्रमण परेर उनको मृत्यु भएको छ । उनीसँगै अरू दुई जनाको पनि मृत्यु भएको बताइएको छ ।

सेप्टेम्बर २७ मा इजरायलले बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा ८० टनको फ्याकेको थियो । यसमा परेर हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएका थिए । यस हमलामा नसरल्लाह बाहेक उनकी छोरी जैनबको पनि मृत्यु भएको थियो । 

इजरायल एकैसाथ धेरै मोर्चामा लडिरहेको छ । लेबनानमा हिजबुल्लाह, गाजामा हमास, यमनमा हुथी विद्रोही बाहेक इजरायली सेना सिरिया र इरानसँग पनि लडिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप