बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

एभरेस्ट महिला भलिबल लिग : लगातार चौथो जितको खोजीमा रहेको कर्णालीलाई चितवनको चुनौती

बिहीबार, १७ असोज २०८१, १४ : ०३
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेस्ट महिला भलिबल लिग’को चौथो दिन बिहीबार तीन खेल खेलिने भएको छ । चौथो दिनको पहिलो खेल काठमाडौँ स्पाइकर्स र मधेस युनाइटेडबिच खेलिने छ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो १५ः४५ बजे सुरु हुनेछ ।

यसअघि यी दुवै टोलीले तीन–तीन खेल खेलिसकेका छन् । काठमाडौँ स्पाइकर्स आफूले खेलेको तीनमध्ये दुई खेलमा विजयी र एक खेलमा पराजित भएको छ । मधेस युनाइटेड भने आफूले खेलेको तीन वटै खेलमा पराजित भएको छ ।

काठमाडौँ स्पाइकर्स पहिलो खेलमा छिमेकी प्रतिद्वन्द्वी ललितपुर क्विन्ससँग पराजित भएको थियो । उक्त खेलमा २५–२०,  २१–२५, २५–२१, २५–१९ अङ्कले विजयी भएको थियो । काठमाडौँ स्पाइकर्सले दोस्रो खेलमा चितवन शक्तिलाई २१–२५, २५–१०, २५–२२, २५–१७ अङ्कले हराएको थियो ।

आफ्नो तेस्रो खेलमा काठमाडौँ स्पाइकर्सले गण्डकी थन्डर्सलाई २५–२३, १९–२५, २५–२१, २५–१६ अङ्कले हराएको थियो । काठमाडौँ स्पाइकर्स ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । बिहीबार हुने खेलमा मधेस युनाइटेडलाई हराउँदै काठमाडौँ स्पाइकर्स फाइनल प्रवेशको सम्भावना बलियो बनाउने योजनामा रहने छ ।

यसैगरी, मधेस प्रदेश यसअघि आफ्नो तीन वटै खेलमा पराजित भएको छ । अङ्कविहीन मधेस युनाइटेड तालिकाको सबैभन्दा तल छ । मधेस युनाइटेड आफ्नो पहिलो खेलमा कर्णाली यश्विजसँग पराजित भएको थियो । त्यो खेलमा २५–१५, २५–२०, २६–२८, २५–११ अङ्कले विजयी भएको थियो ।

आफ्नो दोस्रो खेलमा मधेस युनाइटेडको टोली ललितपुर क्विन्ससँग पराजित भएको थियो । त्यो खेलमा ललितपुर क्विन्स २५–१५, २६–२४, २४–२६, २५–२३ अङ्कले विजयी भएको थियो । तेस्रो खेलमा भने मधेस युनाइटेडको टोली चितवन शक्तिसँग हारेको थियो ।

त्यो खेलमा चितवन शक्ति २५–२०, २५–१९, १९–२५, २५–२१ अङ्कले विजयी भएको थियो । जारी प्रतियोगितामा मधेस युनाइटेडले अब दुई खेल खेल्न बाँकी छ । बाँकी दुवै खेलमा विजयी भए पनि मधेस युनाइटेडको अगाडि बढ्ने सम्भावना देखिँदैन ।

यसैगरी, बिहीबारको दोस्रो खेल कर्णाली यश्विज र चितवन शक्तिबिच खेलिने छ । उक्त खेल साँझ १७ः४५ बजे सुरु हुनेछ । कर्णाली यश्विजले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । कर्णाली यश्विज आठ अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ ।

जारी प्रतियोगितामा आफूले खेलेको तीन वटै खेल जित्ने कर्णाली यश्विज एकमात्र टोली पनि हो । कर्णाली यश्विजले आफ्नो पहिलो खेलमा मधेस युनाइटेडलाई २५–१५, २५–२०, २६–२८, २५–११ अङ्कले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा भने कर्णाली यश्विजले गण्डकी थन्डर्सलाई १५–२५, २५–२२, २५–१७, १९–२५, १५–१२ अङ्कले पराजयको स्वाद चखाएको थियो । कर्णाली यश्विजले आफ्नो तेस्रो खेलमा बलियो प्रतिद्वन्द्वी ललितपुर क्विन्सलाई २५–२२, २५–२२, २९–२७ अङ्कले पराजित गरेको थियो ।

चितवन शक्तिले भने आफूले खेलेको तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । चितवन शक्ति ६ अङ्कसहित तालिकाको चौथो स्थानमा आसीन छ । चितवन शक्तिले आफ्नो पहिलो खेलमा गण्डकी थन्डर्सलाई २५–२२, १९–२५, २५–२३, २५–१८ अङ्कले हराएको थियो ।

चितवन शक्तिको टोली आफ्नो दोस्रो खेलमा भने काठमाडौँ स्पाइकर्ससँग पराजित भएको थियो । उक्त खेलमा काठमाडौँ स्पाइकर्स २१–२५, २५–१०, २५–२२, २५–१७ अङ्कले विजयी भएको थियो । आफ्नो तेस्रो खेलमा भने चितवन शक्तिले मधेस युनाइटेडलाई २५–२०, २५–१९, १९–२५, २५–२१ अङ्कले हराएको थियो ।

यसैगरी, बिहीबारको तेस्रो खेल ललितपुर क्विन्स र गण्डकी थन्डर्सबिच खेलिने छ । ललितपुर क्विन्स यसअघि खेलेको तीनमध्ये दुई खेलमा विजयी र एक खेलमा पराजित भएको छ । ललितपुर क्विन्स ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा आसीन छ ।

ललितपुर क्विन्सले आफ्नो पहिलो खेलमा काठमाडौँ स्पाइकर्सलाई २५–२०,  २१–२५, २५–२१, २५–१९ अङ्कले हराएको थियो । ललितपुर क्विन्सले दोस्रो खेलमा मधेस युनाइटेडलाई २५–१५, २६–२४, २४–२६, २५–२३ अङ्कले पराजित गरेको थियो । तेस्रो खेलमा भने ललितपुर क्विन्स कर्णाली यश्विजसँग पराजित भएको थियो । त्यो खेलमा कर्णाली यश्विज २५–२२, २५–२२, २९–२७ अङ्कले विजयी भएको थियो ।

गण्डकी थन्डर्सले भने यसअघि खेलिएको तीन वटै खेलमा हार ब्यहोरेको छ । गण्डकी थन्डर्स एक अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । गण्डकी थन्डर्स आफ्नो पहिलो खेलमा चितवन शक्तिसँग पराजित भएको थियो । उक्त खेलमा चितवन शक्ति २५–२२, १९–२५, २५–२३, २५–१८ अङ्कले विजयी भएको थियो ।

यसैगरी, आफ्नो दोस्रो खेलमा गण्डर्की थन्डर्स निकै बलियो प्रतिद्वन्द्वी कर्णाली यश्विजसँग पराजित भएको थियो । त्यो खेलमा कर्णाली यश्विज १५–२५, २५–२२, २५–१७, १९–२५, १५–१२ अङ्कले विजयी भएको थियो । आफ्नो तेस्रो खेलमा गण्डकी थन्डर्स काठमाडौँ स्पाइकर्ससँग हारेको थियो । त्यो खेलमा काठमाडौँ स्पाइकर्स २५–२३, १९–२५, २५–२१, २५–१६ अङ्कले विजयी भएको थियो ।

वात्सल्य एभरेस्ट महिला भलिबल लिगका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सञ्चालन भइरहेको छ । महिला भलिबल लिगको पहिलो संस्करणमा ६ वटा टोलीको सहभागिता रहेको छ ।

सहभागी ६ वटै टोलीले राउन्ड रोविन लिगका आधारमा एक–आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने प्रावधान छ । प्रतियोगिताको फाइनल खेल असोज १९ गते खेलिने छ । फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।  

प्रतियोगिता इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गरेको हो । इन्फिनिटी ड्रिम्सले प्रतियोगिताका लागि नेपाल भलिबल संघसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ । लिग आयोजना गरेवापत इन्फिनिटीले संघलाई प्रत्येक वर्ष २५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप