शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वेट्टैयन’ को ट्रेलर रिलिज

बिहीबार, १७ असोज २०८१, १३ : ४६
बिहीबार, १७ असोज २०८१

हैदराबाद । साउथ सुपरस्टार रजनीकान्तको आगामी फिल्म ‘वेट्टैयन’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा रजनीसँगै अमिताभ बच्चन पनि देखिनेछन् ।

यो अमिताभको पहिलो तमिल फिल्म हो । यसबाट उनी ३३ वर्षपछि रजनीकान्तसँग काम गर्दै देखिनेछन् । दुवैले पछिल्लो पटक सन् १९९१ मा रिलिज भएको फिल्म ‘हम’ मा सँगै काम गरेका थिए ।

२ मिनेट ३९ सेकेन्डको यो ट्रेलरमा सस्पेन्स, थ्रिलर र एक्सन रहेको छ । कथा एक अधिकारीको हो जो अपराधीलाई सजाय दिन चाहन्छन्।  ट्रेलरमा सुपरस्टार रजनी आफ्नो पुरानो एक्सन स्टाइलमा गुण्डालाई पिट्दै देखिएका छन् ।

उनीहरुका अलावा अमिताभ बच्चन, फहद फासिल र राणा दग्गुबती पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । जसमा मञ्जु वारियर, ऋतिका सिंह, दुशारा विजयन र किशोरजस्ता कलाकार पनि देखिएका छन् ।

यो फिल्म अमिताभ बच्चनको ८२ औँ जन्मदिनको एक दिन अगाडि १० अक्टोबरमा विश्वभरका थिएटरमा रिलिज हुनेछ । यो तमिल, तेलुगु, हिन्दी र कन्नड भाषामा रिलिज हुनेछ। फिल्मलाई टीजे गानानवेलले निर्देशन गरेका हुन् ।

‘वेट्टैयन’ बाहेक अमिताभ ‘आँख मिचौली २’ मा देखिनेछन् । यसबाहेक रजनीकान्तसँग ‘कुली’ नामको फिल्म पनि छ । यो सन् २०२५ मा रिलीज हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप