अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वेट्टैयन’ को ट्रेलर रिलिज
हैदराबाद । साउथ सुपरस्टार रजनीकान्तको आगामी फिल्म ‘वेट्टैयन’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा रजनीसँगै अमिताभ बच्चन पनि देखिनेछन् ।
यो अमिताभको पहिलो तमिल फिल्म हो । यसबाट उनी ३३ वर्षपछि रजनीकान्तसँग काम गर्दै देखिनेछन् । दुवैले पछिल्लो पटक सन् १९९१ मा रिलिज भएको फिल्म ‘हम’ मा सँगै काम गरेका थिए ।
२ मिनेट ३९ सेकेन्डको यो ट्रेलरमा सस्पेन्स, थ्रिलर र एक्सन रहेको छ । कथा एक अधिकारीको हो जो अपराधीलाई सजाय दिन चाहन्छन्। ट्रेलरमा सुपरस्टार रजनी आफ्नो पुरानो एक्सन स्टाइलमा गुण्डालाई पिट्दै देखिएका छन् ।
उनीहरुका अलावा अमिताभ बच्चन, फहद फासिल र राणा दग्गुबती पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । जसमा मञ्जु वारियर, ऋतिका सिंह, दुशारा विजयन र किशोरजस्ता कलाकार पनि देखिएका छन् ।
यो फिल्म अमिताभ बच्चनको ८२ औँ जन्मदिनको एक दिन अगाडि १० अक्टोबरमा विश्वभरका थिएटरमा रिलिज हुनेछ । यो तमिल, तेलुगु, हिन्दी र कन्नड भाषामा रिलिज हुनेछ। फिल्मलाई टीजे गानानवेलले निर्देशन गरेका हुन् ।
‘वेट्टैयन’ बाहेक अमिताभ ‘आँख मिचौली २’ मा देखिनेछन् । यसबाहेक रजनीकान्तसँग ‘कुली’ नामको फिल्म पनि छ । यो सन् २०२५ मा रिलीज हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यु–१९ टि–ट्वान्टी विश्वकप : छनोट खेलमा नेपालले थाइल्याण्डसँग खल्ने
-
सिड्नीमा नेपाली व्यवसायी म्याक्सले खोले कन्ट्री फ्रेस रगडेल
-
काठमाडौँ उपत्यकाकै बाढीपीडितले पाएनन् राहत, भन्छन्, 'सोध्न आउँछन्, राहत लिएर कोही आउँदैनन्'
-
उसुमा नेपालले जित्यो चार स्वर्ण पदक
-
गड्डाचौकी नाका : चाडबाड मनाउन घर फर्कनेको भीड
-
खुर्कोटमा तत्काल बेलिब्रीज जडान गर्न सांसद श्रेष्ठले गराए प्रदेश सरकारको ध्यानाकर्षण