स्क्रिप्ट पूजा गर्दै ‘रंगी’ को गरियो शुभ साइत

काठमाडौँ । सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को शुभ साइत गरिएको छ । घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभ साइत गरिएको हो ।
सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्म सुरेश न्यौपानेले निर्देशन गर्न लागेका हुन् । स्क्रिप्ट पूजामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, निर्देशक सुरेशलगायतको उपस्थिति थियो ।
फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहनेछ । फिल्मको छायाङ्कन आगामी कार्तिक ५ गतेबाट सुरु हुनेछ ।
फिल्म बाबु छोरीको कथामा निर्माण हुन लागेको हो । सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायाङ्कन,दुर्गेश थापा,आमेश भण्डारी र भीम बिसीको संगीत, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय
-
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
-
रजत विजेता दावा नगदसहित सम्मानित
-
शिक्षकहरूका माग सम्बोधन गर्न नेता साउदको आग्रह
-
सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस
-
विदेशी बैंकमा सरकारको सेयर लगानी ११ अर्ब ५२ करोड