सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

करोडौँ रुपैयाँ बराबरको ‘उपहार’ लिने सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय

बिहीबार, १७ असोज २०८१, १२ : ४०
बिहीबार, १७ असोज २०८१

सिंगापुर । सिंगापुर सरकारका पूर्वमन्त्री सुब्रमनियन इसवारानलाई १२ महिना जेल सजाय सुनाइएको छ । ६२ वर्षीय इसवारानमाथि करोडौँ रुपैयाँ बराबरको उपहार लिएकोमा दोषी पाइएको हो ।

उनले पदमा रहँदा ३ लाख ११ हजार ८८२ डलर बराबरको उपहार लिएको स्वीकार गरेका छन् । यी उपहारहरुमा फर्मुला वान ग्रान्ड प्रीको टिकट, ब्रम्पटन टी–लाइन साइकल, रक्सी र निजी विमानको उडान रहेका छन् ।

सिंगापुरको उच्च अदालतका न्यायाधीश भिन्सेन्ट हुङले पूर्वयातायात मन्त्रीले शक्तिको दुरुपयोग गर्नुका साथै जनताको विश्वासमाथि घात गरेको ठहर गरे । सजाय सुनाएपछि इसवारान कहिले जेल जान्छन् भन्ने खुलेको छैन । उनका वकिलले यो प्रक्रिया चाँडो अघि बढाउन आग्रह गरेका छन् ।

उनले चांगी कारागारमा जेल सजाय काट्नेछन् । यहाँ सिंगापुरका मृत्युदण्ड पाएका कैदीहरूलाई राखिन्छ । सिंगापुरका कुनै पनि राजनीतिक व्यक्तित्वमाथि अदालतमा सुनुवाइ गरिएको  पछिल्ला ५० वर्षमा पहिलो हो । -बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप