स्वास्थ्य सेवा सुधार्न सामुदायिक अस्पतालसँग सहकार्य गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्ने बताएका छन् । कपिलवस्तुमा सामुदायिक डायलिसिस सेन्टरको आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्ने बताएका हुन् ।
उनले नीतिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर हुन्छ प्रदेश सरकार सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । लुम्बिनी प्रदेशभित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको अवस्था उच्च रहेको भन्दै सुधारका लागि समुदायसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।
कपिलवस्तुको बाणगंगा–१ मा डायलिसिस सेन्टरले मिर्गौला फेल भएका बिरामीहरूलाई डायलिसिस सेवा प्रदान गर्ने छ। रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो । मिर्गौला फेल भएका बिरामीहरू यसअघि डायलिसिस सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।
निर्माण भएको सो सेन्टरमा दश वटा डायलिसिस मेसिन राखिएको छ भने दैनिक ६० जना बिरामीलाई सेवा पुर्याउन सक्ने क्षमता रहेको छ । पाँच करोडको लागतमा डायलिसिस सेन्टर स्थापना गरिएको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध