बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

बाबर आजमको राजीनामापछि पाकिस्तानी टोलीको कप्तान बन्ने होडमा तीन खेलाडी

बिहीबार, १७ असोज २०८१, ११ : २२
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । बाबर आजमले एकदिवसीय र टी–२० टोलीको कप्तानको जिम्मेबारी छाडेपछि पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) नयाँ कप्तानको खोजिमा जुटेको छ । प्रभावशाली ब्याट्सम्यान बाबर आजमले बुधबार एकदिवसीय र टी–२० टोलीको कप्तान पदबाट राजीनामा दिएका थिए ।

उनले आफ्नो ध्यान ब्याटिङमा केन्द्रीत गर्न कप्तान पदबाट राजीनामा दिएको बताएका थिए । उनले दोस्रो पटक पाकिस्तानी टोलीको कप्तान पदबाट राजीनामा दिएका हुन् । यसअघि पनि उनले एकपटक कप्तान पदबाट राजीनामा दिएका थिए ।

तर, त्यसको केही समयपछि नै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उनलाई पुनः एकदिवसीय र टी–२० टोलीको कप्तान बनाएको थियो । यसपटक कप्तान पदबाट राजीनामा दिँदा उनले आफूमाथि कामको बोझ बढी भएको दाबी गरेका छन् ।

उनको राजीनामापछि पीसीबीका अधिकारीहरु नयाँ कप्तानको खोजीमा जुटेका हुन् । नयाँ कप्तान बनाउने विषयलाई लिएर पीसीबीका अधिकारीहरुले तीनजना खेलाडीमाथि आफ्नो ध्यान केन्द्रीत गरेका छन् । समाचारमा जनाइए अनुसार, मोहम्मद रिजवान, शादाब खान र साहिन शाह अफरिदीमध्ये एकजना पाकिस्तानी टोलीको नयाँ कप्तान बन्न सक्छन् ।

पाकिस्तानले निकट भविष्यमा अस्ट्रेलिया, दक्षिण अफ्रिका र जिम्बाबेसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ । यसका अतिरिक्त पाकिस्तान आफैले आईसीसी च्याम्पियन्स ट्रफी पनि आयोजना गर्दैछ । यी सबै महत्वपूर्ण प्रतियोगितालाई ध्यानमा राखी पीसीबीले नयाँ कप्तान चहन गर्नु पर्नेछ ।

मोहम्मद रिजवानसँग पाकिस्तान सुपर लिगमा मुल्तान सल्तान्स टोलीको कप्तानी गरेको अनुभव छ । तर, उनीसँग सेतो बलको प्रतियोगिता धेरै खेलेको अनुभव भने छैन । शादाब खानले भने यसअघि पनि पाकिस्तानी टोलीको कप्तानी गरिसकेका छन् ।

यसअघि उनी केवल २२ वर्षको उमेरमा कप्तान बनेका थिए । उनी पाकिस्तानी टोलीको कप्तानी गर्ने सबैभन्दा युवा खेलाडी पनि हुन् । उनीसँग पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडको कप्तानी गरेको अनुभव पनि छ । उनको कप्तानीमा इस्लामाबाद युनाइटेडले उपाधि पनि जितेको थियो ।

यसैगरी, साहिन शाह अफरिदीले पनि पाँचवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानी राष्ट्रिय टोलीको कप्तानी गरिसकेका छन् । आफूले कप्तानी गरेको पाँचमध्ये एक खेलमा मात्र उनले पाकिस्तानलाई जित दिलाउन सकेका थिए । यसका अतिरिक्त साहिन शाह अफरिदीले कप्तानको भूमिकामा दुईपटक पाकिस्तान सुपर लिगको उपाधि पनि जितेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप