बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

बिहीबार, १७ असोज २०८१, ११ : ११
बिहीबार, १७ असोज २०८१

टोकियो । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । 

जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो । एलडीपीको नेतृत्वमा सत्तारुढ गठबन्धनले दुवै सदनलाई नियन्त्रण गर्ने भएकाले ६७ वर्षीय इसिबाले प्रतिनिधिसभामा ४६१ मतमध्ये २९१ र हाउस अफ काउन्सिलरमा २४२ मतमध्ये १४३ मत प्राप्त गरे ।

आफ्नो मन्त्रिपरिषद्मा १३ जना पहिलो पटक नियुक्ति, दुई जना पुनः नियुक्ति र अघिल्लो क्याबिनेट अनुभव भएका चार जना मन्त्रीहरु रहने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप