घटस्थापनाको अवसर पारेर ‘द्रौपदी’ को फष्टलुक सार्वजनिक

काठमाडौंँ । फिल्म द्रौपदीको फष्टलुक सार्वजनिक गरिएको छ । घटस्थापनाको दिनको अवसर पारेर फिल्मको फष्टलुक पोष्टर सार्वजनिक गरिएको हो । पोस्टरमा हिमाली भेगको गाउँमा एक युवतीले पानीको घैटो कम्मरमा बोकेको देख्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भएको फिल्म ऋषिराज आचार्यले निर्देशन गरेका हुन् ।
फिल्ममा ऋषिराज आचार्य, आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ । रवि ओडको संगीत रहेको फिल्ममा मोहनकुमार झिल्लुको छायाङ्कन छ ।
निर्देशक आचार्य र प्रकाश ज्ञवालीले मिलेर निर्माण गरेको फिल्ममा कथा, पटकथा, सम्वाद र गीत समेत निर्देशन आचार्यको छ । यस फिल्मबाट आस्विनी शाही, जेल्सन अधिकारी, सुजाता तिमल्सिनाले अभिनय डेब्यु गर्दैछन् । फिल्मको प्रदर्शन मिति घोषणा हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड