मदनकृष्णको स्वर तथा अभिनयमा आयो देशभक्ति गीत
बिहीबार, १७ असोज २०८१, १० : २४

काठमाडौँ । लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको देशभक्ति गीत ‘कसले देला बलिदान देशले रगत मागे ?’ सार्वजनिक भएको छ । गीत गायनमा श्रेष्ठलाई गायिका प्रेक्षा गौतमले साथ दिएकी छन् ।
वरिष्ठ गीतकार तथा मानवशास्त्री डा. शम्भु जमरकट्टेल हेदाङ्नेको शब्द, कृति न्यौपानेको संगीत गीतमा छ । गीतको भिडियोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, महेन्द्र मैनाली ‘प्रभाष’, राहुल श्रेष्ठ, आर्यन राउत लगायतको अभिनय छ ।
गीतको भिडियोमा राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईँको छायांकन र रोजिना श्रेष्ठको सम्पादन छ । जनता डिजिटल प्रालिले निर्माण गरेको भिडियाको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत