बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल प्रिमियर लिग क्रिकेट : अक्सनमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक

बिहीबार, १७ असोज २०८१, १० : १९
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चार सय २६ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । क्यानले एनपीएलका लागि असोज ५ गते खेलाडीको नाम दर्ता प्रक्रिया खुला गरेको थियो ।

क्यानका अनुसार, नाम दर्ता गराएका कुल चार सय २६ खेलाडीमध्ये नेपाल प्रिमियर लिग तयारी समितिले एक सय ४२ जना खेलाडीको नाम अक्सनका लागि छनोट गरेको छ । खेलाडीको अक्सन असोज २० गते काठमाडौँमा हुने जानकारी पनि क्यानका प्रवक्ता छुम्बी लामाले दिए ।

अक्सनमा सहभागी हुन २७ जना खेलाडीको नाम ‘ए’ क्याटेगोरीमा परेको छ । ‘ए’ समूहमा पर्ने खेलाडीमा प्रतिस जीसी, सूर्य तामाङ, सन्दीप जोरा, अविनाष बोहरा, आकाश चन्द, बिवेक यादब, रासिद खान, मोहम्मद आरिफ शेख, सागर ढकाल र लोकेश बम रहेका छन् ।

‘ए’ क्याटेगोरीमै रिजन ढकाल, भीम सार्की, ललित राजवंशी, गुलसनकुमार झा, देब खनाल, साहब आलम, बिनोद भण्डारी, अनिलकुमार साह, बसिर अहमद, शरद भेषावकर, अर्जुन साउद, दिलीप नाथ, सुनम गौतम, नन्दन यादब, किशोर महतो, कमलसिंह ऐरी र हेमन्त धामी पनि रहेका छन् ।   

अक्सनका लागि ‘बी’ क्याटेगोरीमा ३८ जना खेलाडी रहेका छन् । यो समूहमा अर्जुन कुमाल, दीपक बोहरा, शेर मल्ल, बिपीन खत्री, इशान पाण्डे, हरिशंकर साह, सुनिल धमला, सुमित महर्जन, दिपेश श्रेष्ठ, भुवन कार्की, तिलकराज भण्डारी, दुर्गेस गुप्ता, अनिल खरेल, दीपक बोहरा, पृथु बास्कोटा, रित गौतम, दीपेश कँडेल, कृष्ण कार्की, जितेन्द्र मुखिया, राजेश पुलामी मगर र किरण ठगुन्ना रहेका छन् ।

‘बी’ क्याटेगोरीमै नेशर बुढाऐर, हासिम अन्सारी, अर्जुन घर्ती, प्रदिपसिंह ऐरी, रुपेशकुमार सिंह, विकास आग्री, शंकर राणा, विपिन रावल, नारायण जोशी, आकाश त्रिपाठी, खड्कबहादुर बोहरा, रविन्द्रजंग शाही, आशुतोष घिरैया, आदिल खान, योगेन्द्रसिंह कार्की, अमरसिंह रौतेला र प्रज्ज्वल थापा पनि परेका छन् । ‘सी’ क्याटेगोरीमा ७७ जना खेलाडी परेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको एनपीएलमा आठ टोलीको सहभागिता रहने छ । प्रतियोगिता मंसिर १६ गतेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुने अधिकांश टोलीले आफ्नो नाम र लोगो सार्वजनिक गरिसकेका छन् । केही क्लबले प्रमुख प्रशिक्षक पनि नियुक्त गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप