सलाह र एलिस्टरको गोलमा लिभरपुलको जित, प्रशिक्षक स्लटले बनाए कीर्तिमान

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको बुधबार राति सम्पन्न खेलमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले सजिलो जित हात पारेको छ । लिभरपुलले घरेलु मैदानमा इटालियन क्लब बोलोग्नालाई २–० गोलले हराएको हो ।
च्याम्पियन्स लिगमा लिभरपुलको यो लगातार दोस्रो जित हो । लिभरपुलले खेलको दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको ११औँ मिनेटमै लिभरपुलले अग्रता हासिल गरेको थियो । इङ्लिस क्लबका लागि पहिलो गोल एलेक्सिस म्याक एलिस्टरले गरेका थिए ।
लिभरपुलका लागि दोस्रो गोल भने ७५औँ मिनेटमा मोहम्मद सलाहले गरेका थिए । जारी सिजनको च्याम्पियन्स लिगमा लिभरपुलले घरेलु मैदानमा हासिल गरेको यो पहिलो जित हो । जितसँगै लिभरपुलका प्रशिक्षक अर्ने स्लटले पनि एउटा कीर्तिमान बनाएका छन् ।
उनी यसै सिजन लिभरपुलका प्रशिक्षक बनेका हुन् । उनको प्रशिक्षकत्वमा लिभरपुलले खेलेको नौमध्ये आठ खेलमा जित हात पारेको छ । यस्तो उपलब्धि हासिल गर्ने उनी लिभरपुलका पहिलो प्रशिक्षक बनेका छन् ।
लिभरपुलले यसअघि आफ्नो पहिलो खेलमा इटालियन क्लब मिलानलाई उसैको घरेलु मैदानमा ३–१ गोलले हराएको थियो । लिभरपुल ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । तालिकामा जर्मन क्लब बोरुसिया डर्टमन्ड पहिलो, ब्रेष्ट दोस्रो, बेनफिका तेस्रो र बायर लेभरकुजेन चौथो स्थानमा छन् ।
बोलोग्नाको भने यो पहिलो हार हो । यसअघि आफ्नो पहिलो खेलमा बोलोग्ना घरेलु मैदानमा साख्तर डोनेट्स्कसँग गोलरहित बराबरीमा रोकिएको थियो । बोलोग्ना एक अंकसहित तालिकाको २६औँ स्थानमा आसिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन