बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

मेस्सीको दुई गोलमा मियामीलाई सपोर्टर्स शिल्ड

बिहीबार, १७ असोज २०८१, ०९ : १२
बिहीबार, १७ असोज २०८१

मियामी । कोलम्बस क्रियूलाई बुधबार ३–२ गोलले हराउँदै इन्टर मियामीले २०२४ सपोर्टर्स शिल्डको उपाधि जितेको छ ।

खेलमा स्टार खेलाडी लियोनेल मेस्सीले दुई गोल गरे । दुवै गोल उनले पहिलो हाफको अन्त्यमा गरेका थिए । 

दोस्रो हाफको सुरुवातमा डिएगो रोस्सीले कोलम्बसका लागि एक गोल फर्काए । तर, दुई मिनेटपछि नै लुइस सुवारेजले अर्को गोल थप्दै मियामीको दुई गोलको अग्रता कायम राखे ।

६१ औँ मिनेटमा कुचो हर्नान्डेजले पेनाल्टीबाट कोलम्बसका लागि दोस्रो गोल गरे । लगत्तै रुडी कामाचोले रेर्ड कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्यो ।

८४ औँ मिनेटमा कोलम्बसले अर्को पेनाल्टी पायो । तर, हर्नान्डेज यसपटक भने बराबरी गर्नबाट चुके । उनको प्रहार मियामी गोलकिपर ड्रेक कालेन्डरले बचाउ गरे ।

२०२४ को सपोर्टर्स शिल्डको उपाधि क्लबसँग मेस्सीको दोस्रो उपाधि हो । यो उपाधि एमएलएसको रेगुलर सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई दिइन्छ ।

उनको करियरको यो ४६ औँ उपाधि पनि हो । उनले आफ्नो करियरमा १० ला लिगा, चार च्याम्पियन्स लिग, दुई कोपा अमेरिका र २०२२ को फिफा विश्वकपको उपाधि जितेका छन् ।

यता, मेस्सी लामो समय घाइते हुँदै मैदानबाहिर रहे पनि इन्टर मियामीका लागि सर्वाधिक गोल र एसिस्ट गर्ने खेलाडी रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप