बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

यी नदीहरूमा आकस्मिक बाढीको जोखिम

बिहीबार, १७ असोज २०८१, ०८ : ३६
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । आज कोशी र बागमती प्रदेशका विभिन्न भूभागमा धेरै वर्षा भइरहेको छ । गएरातिदेखि नै जारी वर्षाको कारण विभिन्न नदी तथा खोलाहरूमा जलसतह खतराको तह आसपास पुगेका छन् । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । 

यी नदी तथा खोलाका किनाराका बस्तीमा  उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप