बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

इजरायलका लागि गोला प्रथाबाट छानिए दुई हजार एक सय बाह्र जना

बिहीबार, १७ असोज २०८१, ०७ : ४७
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथामार्फत नाम सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलको पिवालाई पठाएको तीन हजार ४६१ जनाको सूचीबाट दुई हजार दुई जनामध्ये दुई हजार ११२ जनाको नाम सार्वजनिक गरेको हो । 

नेपालस्थित इजरायली दूतावासको रोहवरमा गोला प्रथा गरिएको हो । गोला प्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै नक्कली भेटिएकाले नाम हटाइएको विभागले जनाएको छ । विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन । 

इजरायलको विपाले सार्वजनिक गरेको नामावली अनुसार एक हजार १५६ महिला (६० प्रतिशत) र ९५६ पुरुष (४० प्रतिशत) गरी दुई हजार ११२ जना छनोट भएका छन् । यसरी छानिएकामध्ये पनि उचाइ तथा स्वास्थ्य परीक्षणको मापदण्डमा असफल भए कम्तीमा दुई हजार उत्तीर्ण हुने विश्वास गरिएको छ । 

विभागका निर्देशक गुरुदत्त सुवेदीले हाल जिटुजी प्रक्रिया अन्तर्गत केयरगिभरका रूपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा जारी छनोट बारेमा इजरायलले चासो दिएकाले छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष गरेको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप