एट्लेटिकोको पोस्टमा बेनफिकाको गोल वर्षा
बिहीबार, १७ असोज २०८१, ०७ : ३८
![एट्लेटिकोको पोस्टमा बेनफिकाको गोल वर्षा](https://npcdn.ratopati.com/media/news/dm_6TywulumfF.png)
लिस्बन । बेनफिकाले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि गोल गोल वर्षा गर्दै यो सिजन च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट सुरुवात कायम राखेको छ । बुधबार राति भएको खेलमा बेनफिका ४–० गोलले विजयी बनेको हो ।
खेलको १३ औँ मिनेटमा नै केरेम अटुरकोग्लोले पोर्चुगिज टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा रियल मड्रिडका पूर्व फरवार्ड एन्जेल डी मारियाले पेनाल्टीबाट टोलीको अग्रता दोब्बर बनाए ।
७५ औँ मिनेटमा एलेक्सान्डर बाहले टोलीका लागि तेस्रो गोल गरे । खेलको अन्त्यतिर बेनफिकाले अर्को पेनाल्टी पायो । यसपटक ओरकुन कोक्कुले अवसरलाई सजिलै गोलमा परिणत गरे ।
प्रतियोगिताको पहिलो खेलमा बेनफिकाले रेड स्टार बेलग्रेडलाई २–१ गोलले हराएको थियो । एट्लेटिकोले पनि सोही गोलअन्तरले आरबी लेइपजीगलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता