बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

हनुमन्ते खोलाको बाढी सतर्कता तह नजिक, उच्च सतर्कता अपनाउन आग्रह

बिहीबार, १७ असोज २०८१, ०७ : ३०
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । बागमती प्रदेशको विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । जसका कारण काठमाडौँ उपत्यकाका नदीनाला तथा खोलाहरूमा जलसतह बढेको छ । 

भक्तपुर जिल्ला स्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हनुमन्ते खोला तटीय क्षेत्रमा दिउँसोसम्मै बाढीको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप