बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

इलाम, झापा, पाँचथर र मोरङमा वर्षा, सचेत रहन आग्रह

बिहीबार, १७ असोज २०८१, ०७ : ०९
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

बिहीबार बिहान ४ बजेको मापन अनुसार पछिल्लो ३ घण्टामा झापाको अनरमनी बिरता, शनिश्चरे र बाहुनडाँगीमा सामान्यदेखि मध्यम वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै इलामको कन्याम टी-स्टेट र बरफल्याङ, पाँचथरको फिदिम, मोरङको बाहुने र आसपास सामान्यदेखि मध्यम वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ । 

उक्त क्षेत्रहरू भई बहने कन्काइ नदी, हेवा खोला, पूवा खोला, माई खोला, अदुवा खोला, बाहुने खोला लगायत अन्य स-साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेको छ । नदी तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप