बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

लन्डनमा नेपाली सेलिब्रेटीले सुनाए सङ्घर्ष र सफलताको कथा

बिहीबार, १७ असोज २०८१, ०६ : ५३
बिहीबार, १७ असोज २०८१

लन्डन । बेलायतको नेपाली समुदायमा यसअघि हुनेगरेकाे भन्दा भिन्न कार्यक्रम सम्पन्न भयो ।  नेपालबाट आएका प्रभावशाली व्यक्तित्वहरूमाझ तन्नेरी पुस्ताले व्यवसाय र उद्यमसम्बन्धी आफ्ना नयाँ सोच र अवधारणा साटासाट गरे।

युवा प्रपर्टी व्यवसायी निक धिमाल र उनको टीमले आयोजना गरेको तेस्रो ‘इन्सपाएर एक्स’ नामक बिजनेस इभेन्टलाईउनीहरुले नेटवर्किङ र अनुभव आदानप्रदानका लागि सदुपयोग गरे ।  

कार्यक्रमको आकर्षण थिए नेपालबाट आएका अभिनेत्री मनीषा कोइराला, पूर्व मिस नेपाल शृङ्खला खतिवडा र नेपाली बैङ्किङ जगतका एक प्रभावशाली सिइओ अनिलकेशरी शाह । 

विशेष वक्ताका रूपमा उनीहरुले आफ्नो सफलताका कथा मात्रै सुनाएनन्, तन्नेरी पुस्ताका नयाँ सोच र अवधारणा सुनेर हौसला पनि प्रदान गरे ।

अभिनेत्री कोइरालाले क्यान्सर रोगपछिको मानसिक तथा शारीरिक पीडा, बिरामी हुँदा आत्मबलको भूमिकादेखि बलिउड निर्देशक सञ्जय लीला भन्सालीको वेव सिरिज ‘हिरामण्डी’ को अनुभव पनि साटिन् ।  

पूर्व मिस नेपाल शृङ्खलाले आफ्नो मिस नेपाल यात्रा र करिअरबाहेक सामाजिक सञ्जालमा खेप्नुपरेका अनावश्यक आलोचना र गालीबारे पनि सुनाइन् ।

सो अवसरमा बेलायतस्थित युवा व्यवसायी नेपाल फुड्सका सिइओ विकास नेपाल, प्रपर्टी व्यवसायी निक धिमाल र‘सर्ट लिज किङ’ का रूपमा परिचित जेसन पिटरसनले पनि आफ्ना सङ्घर्ष र सफलताको कथा सुनाए । 

नेपालले एउटा विद्यार्थीका रूपमा सन् २००९ मा बेलायत आएर कसरी सफल उद्यमी बन्न सफल भए भन्नेबारे प्रेरणादायीकथा सुनाएका थिए । 

बेलायतमा बर्सेनि आयोजना हुँदै आएको ‘इन्सपायर एक्स’ नयाँ पुस्ता लक्षित बिजनेस इभेन्ट हो । जुन प्लेटफर्ममाउनीहरुलाई नेटवर्किङ, अनुभव आदानप्रदान र प्रोत्साहनको अवसर दिलाउने प्रयास गरिएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप