बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि घटस्थापनाका दिन शुभ ?

बिहीबार, १७ असोज २०८१, ०६ : ४७
बिहीबार, १७ असोज २०८१

वि.सं.२०८१ साल असोज १७ गते । बिहीबार । ईश्वी सन् २०२४ अक्टोबर ३ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । आश्विन शुक्लपक्ष । तिथि–प्रतिपदा, ४८ घडी १ पला, रातको १ बजेर १० मिनेट उप्रान्त द्वितीया । नक्षत्र–हस्त, २३ घडी २६ पला, दिउसो ३ बजेर ३० मिनेट उप्रान्त चित्रा । 

योग– ऐन्द्र, ५७ घडी ५६ पला, रातको ५ बजेर ८ मिनेट उप्रान्त वैधृति । करण–किंस्तुध्न, मध्यान्ह १२ बजेर ७ मिनेट उप्रान्त बव, रातको १ बजेर १० मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या । काठमाडौँ सूर्योदय बिहान ०५ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी  ५ बजेर ४५ मिनेट । दिनमान २९ घडी ३० पला । नवरात्र आरम्भ । घटस्थापना ।

आजको बार बेला ।  

  • बिहान ०५ बजेर ५८ मिनेटसम्म शुभ बेला ।
  • बिहान ५ बजेर ५९ मिनेटदेखी बिहान ७ बजेर २६ मिनेटसम्म रोग बेला ।
  • बिहान ७ बजेर २७ मिनेटदेखि बिहान ८ बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ०८ बजेर ५६ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५२ मिनेटसम्म लाभ बेला ।
  • बिहान ११ बजेर ५३ मिनेटदेखि दिउसो १ बजेर २० मिनेटसम्म अमृत बेला ।
  • दिउसो १ बजेर २१ मिनेटदेखि दिउसो २ बजेर ४९  मिनेटसम्म काल बेला ।
  • दिउसो २ बजेर ५० मिनेटदेखि बेलुकी ४ बजेर १७ मिनेटसम्म लाभ बेला ।
  • बेलुकी ४ बजेर १८ मिनेटदेखि बेलुकी ७ बजेर १७ मिनेटसम्म अमृत बेला ।

नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पार्नुहोला ।

राहुकाल दिउसो ०१ बजेर २० मिनेटदेखि दिउसो ०२ बजेर ४८ मिनेटसम्म रहनेछ ।

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सत्रु तथा प्रतिस्पर्धी परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । पढाई लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम अग्र पङ्क्तिमा आउनेछ ।  माया प्रेममा नजिक हुन सकिने तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । मामा तथा मावली पक्षबाट तपार्ईँको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । ठेक्कापट्टा तथा कन्स्ट्रक्सनको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।  
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बौद्धिक कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुति दिन पाउँदा मन प्रसन्न हुनेछ । पढाई लेखाइमा अरूभन्दा एक कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ । तर पनि भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अवसरको सही तरिकाले सदुपयोग गर्न नजान्दा समयले छाड्नेछ । व्यापारमा अन्य दिनभन्दा आम्दानी कम हुनेछ । खर्च बढ्ने हुनाले दैनिक खर्च धान्न मुस्किल पर्नेछ । । राजनीति तथा सामाजिक काममा जनताको आलोचनात्मक समर्थन पाइनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट सन्तोषजनक फाइदा हुनेछ ।  सवारी साधन प्राप्तिको योग भएता पनि प्रयोग गर्दा वा चलाउँदा ख्याल गर्नुहोला ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आट, साहस तथा पराक्रममा वृद्धि हुनाले साहसिलो काम गर्न सकिनेछ । भाग्यले साथ दिने हुनाले सानो प्रयत्नले महत्त्वपूर्ण कामहरू फत्ते गर्न सकिनेछ । दाजुभाइको सहयोगले व्यापार तथा यात्राबाट लाभ लिन सकिनेछ । उत्पादनमुखी उद्योगमा लगानी गरि आम्दानी बढाउन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । साहित्य लेखन तथा कलाकारिता क्षेत्रमा काम गर्नेहरूका लागी  समय उत्तम रहेको छ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरायसी तथा दैनिक समस्याहरू थपिनेछ । बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला आत्मघाती पनि हुन सक्छ । कुटुम्ब तथा आफन्तसँगको सम्बन्धमा दरार आउन सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा वृद्धि हुने तथा आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । राज्यसँगको सहकार्यबाट नयाँ कामको थालनी गर्न सकिनेछ । छोटो दुरीको रमाइलो यात्राको तय हुने तथा धर्म प्रतिको आस्था बढेर जानेछ । अध्ययनमा मन जाने तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहने प्रेमिल जोडीहरूका लागी समयले साथ दिनेछ । तर पनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला कष्टप्रद पनि हुन सक्छ ।  
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन तथा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । विदेशबाट निर्यात हुने सामानको व्यापारमा वृद्धि हुनेछ । बिहानीपख मन्दिर तथा धार्मिक प्रतिष्ठानतिरको यात्रामा रमाउने योग रहेको छ । तर पनि खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतीत गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरू बिग्रन सक्छ । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) इमानदारिता पूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । अध्ययनमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरू फस्टाएर जानेछन् । संस्कार तथा रीतिरिवाज जोगाउन समय खर्च हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयको गति सँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । आज गरिएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । कर्म प्राप्तिको लागी लामो दुरीको यात्रा गर्न सकिनेछ । तर पनि छोटो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) इमानदारिताका साथ काम गर्नाले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ । लामो समय देखि रोकिएर बसेका कामहरू बन्नेछन् भने तपाईंको काममा प्रतिस्पर्धा गर्नेहरू आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । बिहानको समयमा धर्ममा ध्यान जानेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) यात्रा गर्दा, नयाँ काम गर्दा वा लगानी गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।  आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ । व्यापारमा प्रशस्त समय लगानी गरे पनि आम्दानी थोरै हुँदा आर्थिक व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजाँदा गुरु वर्ग तथा आफन्तको गाली खाइनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नो क्षमता प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा वृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने  तथा विलासी जीवन व्यतीत गरी रमाउने समय रहेको छ । जीवन साथीसँग रमाइलो यात्राको तय गर्न सकिनेछ । एकल तथा साझेदारी व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । धर्ममा आस्था बढ्ने तथा पैतृक कामलाई निरन्तरता दिनुहोला फाइदा हुनेछ ।

 
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिष दुर्गा प्रसाद भण्डारी । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप