बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

दोहोरो आत्मघाती गोलले फेयेनोर्डसामु जिरोनाको लज्जास्पद हार

बिहीबार, १७ असोज २०८१, ०२ : ४५
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत दोस्रो चरणको खेलमा जिरोनाविरुद्ध फेयेनोर्डले जित हासिल गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा जिरोनाकालागि १९ औँ मिनेटमा डेभिड लोपेजले गोल गरे । तर जिरोनाले अग्रता बचाइरहन सकेन ।

२३ औँ मिनेटमा जिरोनाकै याङगेल हेरेराले हेडिङमार्फत् आत्मघाती गोल गर्दा फेयेनोर्ड बराबरीमा फर्कियो ।
३३औँ मिनेटमा एन्टोनी मिलाम्बोले गोल गर्दै फेयेनोर्डलाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा जिरोनाले पेनाल्टीको मौका समेत गुमायो । बोजन मियोभिस्कीले ६७ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् ।

डनी भान दे विकले जिरोनाका लागि ७३ औँ मिनेटमा बराबरी गोल फर्काए । तर त्यसपछि पनि सम्हालिएर खेल्न नसेकेको जिरोनाका लागि ल्याडिस्लब क्रेसीको आत्मघाती गोल पराजयको कारण बन्यो । 

पहिलो खेलमा पराजय बेहोरेको फेयेनोर्ड  दोश्रो खेलमा दुई गोल उपहारमा पाएर जित निकाल्दै तीन अंक जोड्न सफल भएको छ । दुवै खेल गुमाएको जिरोना अंकविहीन छ । 

बुधबारै भएको अर्को खेलमा एटलान्टाले शख्तर डोनेस्कविरुद्ध ३-० को शानदार जित निकालेको छ । 

भेल्टिन्स एरिनामा भएको खेलमा एटलान्टाका लागि बेरत जिमसिति, एडिमोलो लुकमान र राउल बेल्लानोबाले १-१ गोल गरे । पहिलो खेलमा बराबरी खेलेको एटलान्टाले यो जितसँगै ४ अंक बटुलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप