इरान-इजरायल तनाव : शैन्य शक्तिमा को शक्तिशाली ?

काठमाडौँ । इजरायलमाथि इरानले मंगलबार क्षेप्यास्त्र आक्रमण गरेपछि अहिले इरान-इजरायल तनावले चर्चा पाएको छ। यी दुई देशको तनावलाई लिएर विश्व समुदाय नै विभाजित बन्दै गइरहेका छन् ।
अहिले धेरैलाई चासो छ कि इरान र इजरायलमध्ये को शक्तिशाली छन् ? दुई देशको आर्थिक सामाजिक अवस्था कस्तो छ ? हामीले यो लेखमा ती जिज्ञासाहरूलाई मेटाउन प्रयास गरिरहेका छौँ ।
बीबीसीले उल्लेख गरेअनुसार यी देशले आफ्नो शैन्य क्षमताबारे स्पष्ट जानकारी साझा गरेका गरेका छैनन् ।
कतिपय त्यस्ता महत्वपूर्ण सूचना र तयारीहरू गोप्य छन् । तर विभिन्न अध्ययन र ती देशका सरकारी तथ्यांकहरूका आधारमा यहाँ विश्लेषण गरिएको छ । इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजले यी देशसहित विश्वका शक्तिशाली राष्ट्रहरूको शैन्य क्षमताबारे हतियार, मिसाइल र आक्रमण बलको विश्लेषण गरेका छन् ।
त्यसरी विभिन्न आधिकारिक विश्लेषणहरूलाई आधार मानेर हेर्दा सबैजसो अध्ययनहरूले आईआईएसएसलाई प्रमुखता आधारमा प्रस्तुत गरिएको पाइन्छ ।
मंगलबारको क्षेप्यास्त्र प्रहारपछि इरानले देशको एउटा दुर्गम कुनाबाट पनि ३०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गर्न सक्ने उसको क्षमतालाई उजागर गरेको छ । तर आईआईएसएसका अनुसार इजरायलको रक्षा बजेट इरानको भन्दा सात गुणाले धेरै छ । सन् २०२२ र २०२३ मा इरानको रक्षा बजेट ७.४ बिलियन डलर थियो। तर त्यही वर्ष इजरायलको रक्षा बजेट करिब १९ अर्ब डलर थियो ।
जीडीपीको तुलनामा इजरायलको रक्षा बजेट इरानको भन्दा दोब्बर रहेको अध्ययनहरूले देखाएका छन् ।
यी देशको जनसंख्यालाई तुलना गरेर हेर्दा इजरायलको जनसंख्या ९.६ मिलियनमात्रै छ । तर इरानको जनसंख्या ८८ मिलियनभन्दा पनि बढी छ । तर जीडीपी भने इजरायलको ५२५ बिलियन छ भने इरानको ४१३ बिलियनमात्रै ।
त्यस्तै, प्रतिव्यक्ति आय तुलना गरेर हेर्दा इजरायलको ५४ हजार ९३१ अमेरिकी डलर छ भने इरानको ४ हजार ६६९ मात्रै छ ।
आईआईएसएसका अनुसार इजरायलसँग आक्रमणका लागि ३४० वटा फाइटर प्लेनहरू तयार छन् ।
इजरायलसँग छोटो आक्रमणका लागि बलियो उपकरणहरू छन् भने लामो दुरीमा आक्रमणका लागि समेत एफ-१५ विमान लगायत प्रविधि तयार छन् ।
त्यस्तै, इरानसँग पनि ३२० लडाकु विमान रहेको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको असन्तुष्टिलाई धमिलो पानी बनाई राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र हुँदैछ : मोर्चा
-
दरबार हत्याकाण्डको छानबिन गर्ने कुरा भूमिगत हुँदादेखि नै उठाएको हुँ : प्रचण्ड
-
दीपेन्द्रको विस्फोटक ब्याटिङ र ललितको घातक बलिङसामु निरीह बन्यो मधेस
-
आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु
-
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प
-
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने (विज्ञप्ति)