बंगलादेशमा बढे मोबाइल फोन प्रयोगकर्ता
बिहीबार, १७ असोज २०८१, ०१ : २३
_RVK6toUBoR.jpg)
ढाका । बंगलादेशमा यस वर्षको अगस्टको अन्त्यमा मोबाइल फोन प्रयोगकर्ताको कूल सङ्ख्या १९ करोड २० लाख पुगेको देशको दूरसञ्चार नियामकको पछिल्लो तथ्यांकले देखाएको छ ।
बंगलादेश दूरसञ्चार नियामक आयोग (बिटिआरसी) को तथ्याङ्कअनुसार दक्षिण यस एसियाली देशमा सन् २०२४ को अगस्टमा ग्राहकको सङ्ख्या १९ करोड २४ लाख ३० हजार पुगेको छ ।
हाल बंगलादेशमा चार मोबाइल कम्पनी छन् र तीमध्ये तीन विदेशी समर्थित सेल फोन अपरेटरहरू छन् ।
अगस्टको अन्त्यमा मोबाइल अपरेटरहरू ग्रामीण फोन, रोबी एक्जिएटा, बंगलालिङ्क डिजिटल कम्युनिकेसन र टेलिटक बंगलादेशका ग्राहकहरूको सङ्ख्या क्रमशः आठ करोड ५८ लाख, पाँच करोड ८३ लाख, चार करोड २४ लाख र छ करोड ५३ लाख रहेको बिटिआरसीको तथ्याङ्कले देखाएको छ ।
बंगलादेशमा सन् २०२३ को अन्त्यमा १९ करोड आठ लाख मोबाइल फोन ग्राहकहरू थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीका युवा मिडफिल्डर एन्जोलाई भित्र्याउने योजनामा रियल म्याड्रिड
-
सविन महर्जनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट
-
प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत
-
सहमति कार्यान्वयन नभए संसद चल्दैनः माओवादी केन्द्र
-
आवासीय चिकित्सकहरूद्वारा पुनः आन्दोलनको चेतावनी
-
लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी छ : अर्थमन्त्री पौडेल