नेविसंघको समन्वयमा ‘पेड इन्टर्नसिप’सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ। नेपाल विद्यार्थी संघको समन्वयमा बुधबार कानुन पढ्ने विद्यार्थीका लागि ‘पेड इन्टर्नसिप’ सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
त्रिभुवन विश्वविद्यालय कानुन सङ्कायका डीन डा कृष्णप्रसाद बस्यालको उपस्थितिमा इच्छुक ल फर्म र नेपाल ल क्याम्पसका क्याम्पस प्रमख श्यामबहादुर कार्कीबीच सम्झौतामा हस्ताक्षर भएको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।
उक्त सम्झौतापत्रमा समन्वयकर्ता एवं साक्षीका रूपमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गरेका छन् ।
यस ‘पेड कार्यक्रम इन्टर्नसिप’ सम्झौतापछि ल फर्ममा काम सिक्न चाहने कानुन अध्ययनरत विद्यार्थीहरूले पारिश्रमिकका रुपमा मासिक एक हजार ५०० हजार प्राप्त गर्नेछन् ।
इञ्जिनियरिङ संकाय, मानविकी संकायपछि कानुन संकायमा नेपाल नेपाल विद्यार्थी संघको समन्वयमा बुधबार कानुन पढ्ने विद्यार्थीका लागि ‘पेड इन्टर्नसिप’सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी