ललितपुर जिल्ला अदालतभित्र मोबाइल चोरेको आशंकामा एकजना नियन्त्रणमा

काठमाडौँ । ललितपुर जिल्ला अदालतभित्र मोबाइल चोरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका घर भएका ४६ वर्षीय किसन खत्री छन् ।
उनलाई सिसिटिभी फुटेको आधारमा प्रहरीले नियन्त्रणमा लिएको ललितपुर जिल्ला अदालतका प्रवक्ता रामसजीवन महतोले रातोपाटीलाई बताए । उनले यसअघि सेवाग्राहीको दुईवटा मोबाइल चोरेको आशंका छ । सेवाग्राही र कानुनी व्यवसायीसँग कुरा गर्दै भिडको मौका छोपेर उनले मोबाइल चोर्ने गरेको सिसिटिभी फुटेजको दृश्यबाट आकलन गरिएको छ ।
आरोपीको साथमा मोबाइल फेला नपरेको ललितपुरका एसएसपी शेखर खनालले बताए । उनले भने, ‘पहिले दुईवटा चोरेको आशंका छ, हामी अनुसन्धान गर्दै छौँ ।’
यसअघि मोबाइल चोरी हुने गरेको गुनासो आएपछि प्रहरीले शंकास्पद रूपमा बारको गेटबाट आरोपी प्रवेश गरेपछि फलो गरेको थियो । हुलियाको आधारमा अनुसन्धानका लागी नियन्त्रणमा राखिएको एसएसपी खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने