विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता
बुधबार, १६ असोज २०८१, २१ : १७
काठमाडौँ । पछिल्लो विपदबाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।
हालसम्म विपदबाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
बाढी पहिरोबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्बाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण
-
आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
-
बागलुङका पर्यटकीय क्षेत्र सुनसान
-
नेपालको विकास प्रयासमा कोरियाले थप सघाउने सभामुख घिमिरेको विश्वास
-
नेविसंघको समन्वयमा ‘पेड इन्टर्नसिप’सम्बन्धी सम्झौतामा हस्ताक्षर
-
जोशीलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्न नमिल्ने भन्दै सर्वोच्चद्वारा बन्दी प्रत्यक्षीकरणको रिट खारेज