विकास साझेदार निकायसँग श्रममन्त्रीको छलफल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न विकास साझेदार निकायसँग छलफल गरेको छ । वल्र्ड बैंक, युएसआईडी, हेल्भेटास, आईएलओ, आईओएम, स्वीसकन्ट्याक्ट लगायतसँग छलफल गरेको हो ।
छलफलको क्रममा मन्त्री शरतसिंह भण्डारीले रोजगार सेवा केन्द्र सम्बन्धमा मन्त्रालयको सोच, रोजगार सेवा केन्द्रको भूमिका तथा जिम्मेवारीका विषयमा जानकारी गराएका थिए ।
रोजगार सेवा केन्द्र मार्फत एकीकृत श्रम र रोजगारमूलक सेवा प्रवाह, आन्तरिक रोजगारी प्रवद्र्धन साथै आप्रवासन तथा पुनःआप्रवासन व्यवस्थापन कार्यक्रम कसरी अगाडि बढाउन सकिने भन्ने विषयमा मन्त्रालयले गर्दै आएको कामका विषयमा जानकारी गराएका थिए । मन्त्रालयले गर्दै आएको उक्त कार्यबारेमा विकास साझेदारहरूको सुझाव समेत माग गरिएको थियो ।
छलफलको क्रममा विकास साझेदारहरूको तर्फबाट आगामी दिनमा मन्त्रालयसँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर