शिक्षकलाई मासिक रूपमा तलब दिन केन्द्रको ताकेता
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई मासिक रूपमा तलब निकासा गर्न ताकेता गरेको छ । देशभरका ७५३ वटै पालिकाहरूलाई सूचना जारी गर्दै स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाउन भनेको हो ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिको खण्ड २ स्थानीय तहबाट सम्पादन हुने सशर्त अनुदानका सब बजेट उपशीर्षकहरूको कार्यक्रम कार्यान्वयन प्रक्रिया एवम् मापदण्डको शिक्षकको तलबभत्ता अन्तर्गत बुँदा नम्बर ५ मा मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ ।
केन्द्रले सोही आधारमा गर्न अनुरोध गरेको हो । शिक्षकहरूले मासिक रूपमा तलब नपाउने व्यापक गुनासो आउने गरेको छ । केन्द्रले यसअघि समेत पटक पटक ताकेता गर्दै शिक्षकहरूलाई मासिक रूपमा तलब दिन आग्रह गर्दै आएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले समेत राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्थानीय तहहरूलाई शिक्षकलाई मासिक तलब भत्ता उपलब्ध गराउन अनुरोध गरेकी थिइन् ।
मन्त्री भट्टराईले केन्द्रलाई समेत त्यसका लागि आवश्यक कदम अघि बढाउन निर्देशन दिएकी थिइन् । सोही आधारमा केन्द्रले परिपत्र गर्दै मासिक तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाउन भनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमदत्त नगर सभापति कलौनीको अन्त्येष्टि
-
बुढासुब्बा गोल्डकप :‘सडन डेथ’ मा धरान फुटबल क्लबलाई हराउँदै युके एफसी सेमिफाइनलमा
-
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
-
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
चौतारा ढालेर थुपारिएको दाउरा महानगरले जफत गर्ने