दसैँ
तस्बिरमा हेर्नुहोस् दसैँका लागि किनमेल गर्नेको भीड
बुधबार, १६ असोज २०८१, २० : २१
काठमाडौँ । बिहीबारदेखि दसैँ सुरु हुँदैछ । दसैँका लागि मानिसहरूले किनमेल गर्न थालेका छन् । दसैँको आगमनसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्रमा मानिसको भीड बढ्दै गएको छ ।
न्युरोडमा लुगा पसलदेखि विभिन्न पसलसम्म भिड बढ्दै गएको छ । अधिकांश आवश्यक बस्तु एउटै ठाउँमा पाइने र धेरै ठाउँ डुल्न नपर्ने भएकाले पनि पछिल्लो समय यो क्षेत्रमा किनमेल गर्नेको सङ्ख्या बढ्दै गएको छ ।