बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँको नयाँ बसपार्कबाट १३ जना जुवाडे पक्राउ

बुधबार, १६ असोज २०८१, १९ : ४२
बुधबार, १६ असोज २०८१

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कबाट प्रहरीले कौडी खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ । जुवा खालबाट ५ लाख ६ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । 

काठमाडौँ–२६ स्थित नयाँ बसपार्क मित्रनगरबाट पक्राउ पर्नेमा काभ्रे घर भएका सोम बहादुर तामाङ,  सिन्धुपाल्चोकका कृष्ण बहादुर भुजेल, गोकर्णेश्वर घर भएका राज कक्षपति, गोकुल चौलागाईं, काभ्रेका चित्र बहादुर तामाङ र झापा घर भएका गंगाराम पाठक छन् । 

त्यस्तै, काभ्रेको पाँचखालका केशव नेपाल, खोटाङका चक्र बहादुर राई, काभ्रेका तेन्जिङ लामा, मोरङका सोहन कुमार मिश्र, काभ्रेका फुर्साङ तामाङ, खामसाङ लामा र रौतहटका विवेक लामा छन् । आरोपीहरू नयाँ बसपार्कको त्रिपुरा सुन्दरी होटल एण्ड लजबाट पक्राउ परेका हुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप