बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई थुनामुक्त गर्नेबारे प्रहरीको ध्यानाकर्षण

बुधबार, १६ असोज २०८१, १९ : ३८
बुधबार, १६ असोज २०८१

काठमाडौँ । सर्वोच्च अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका छविलाल जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानुनी व्यवस्था रहेकोप्रति प्रहरीको ध्यानाकर्षण गराएको छ ।

बुधबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले दसैँ बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको हो ।

जोशीको परिवारका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले रिट खारेज गर्दै उनलाई गैरकानुनी हिरासतमा नराखी अनुसन्धान गर्नेबारे ध्यानाकर्षण गराएको हो । अदालतले थुनामुक्त गर्नु भनेको छैन तर थुनामा नराखी अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था रहेकोप्रति प्रहरीको ध्यानाकर्षण गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप