बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

विपद् व्यवस्थापन गर्न माग गर्दै रास्वपाले गरायो तीन तहका सरकारको ध्यानाकर्षण

बुधबार, १६ असोज २०८१, १९ : १८
बुधबार, १६ असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् व्यवस्थापन गर्न माग गर्दै एकैपटक तीन तहका सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडादर लगायतका विषयमा  तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको हो । 

रास्वपा केन्द्रीय उद्योग तथा वाणिज्य विभागको नेतृत्वमा संघीय सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति र संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।  

यस्तै रास्वपाले सातै प्रदेशका मुख्यमन्त्री र सबै स्थानीय सरकारका प्रमुख तथा ७७ जिल्ला प्रशासन कार्यालयमा मंगलबार र बुधबार ध्यानाकर्षणपत्र बुझाएको हो ।

rr

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप