बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको निर्वाचन दसैँ–तिहारपछि राख्न निर्वाचन समितिको पत्राचार

बुधबार, १६ असोज २०८१, १८ : ५५
बुधबार, १६ असोज २०८१

काठमाडौँ । अनेरास्ववियु (अखिल क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गर्न निर्वाचन समितिले अध्यक्षमण्डलाई पत्राचार गरेको छ ।

निर्वाचन प्रमुख अधिकृत मुक्तिनारायण प्रधानले बिहीबारदेखि दसैँ सुरु हुने  र अत्यधिक वर्षा हुन सक्ने मौसम विभागको सूचनाका कारण निर्वाचन स्थगित गर्न क्रान्तिकारीको वीरबहादुर थापा नेतृत्वको अध्यक्ष मण्डलाई सिफारिस गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार अध्यक्षमण्डले निर्वाचन समितिको पत्र पढेर सुनाएपछि आधिकारिक रूपमा सम्मेलन स्थगित गर्ने तयारी गरेको छ ।

असोज १०–१४ सम्म त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा भएको सम्मेलन उमेरहद लगाउने कि नलगाउने विषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो । बुधबार बिहानमात्रै पार्टीका शीर्ष नेता र संगठनका पदाधिकारबिच भएको छलफलले बुधबारको निर्वाचन प्रतिक्रिया स्थगित गर्ने सहमति गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप