बागमतीका ४ निकायमा तोकियो सचिवको जिम्मेवारी

हेटौंडा । बागमती प्रदेश सरकारले ४ रिक्त निकायमा सचिवहरूको जिम्मेवारी तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले पठाएका ३ सचिवहरूलाई पदस्थापन गर्ने निर्णय गरेसँगै रिक्त ४ निकायमा जिम्मेवारी तोकेको हो ।
प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले मन्त्रिपरिषद्को निर्णय अनुसार सचिव रिक्त रहेका निकायमा जिम्मेवारी तोकेका हुन् । गत साउनमा उक्त निकायका सचिवहरूको सरुवा भएसँगै अर्को जिम्मेवारी तोकिएको थिएन ।
जसअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रिक्त एक सचिव पदमा विदुर खनाललाई जिम्मेवारी तोकिएको छ । उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय सुधार महाशाखाको जिम्मेवारी तोकिएको छ । प्रदेश नीति तथा योजना आयोगको सचिवमा केशवराज सुवेदी, लोकसेवा आयोगमा तुलसीनाथ गौतमलाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा संघीय सरकारले तोकेर पठाएका सचिव मोहन शाक्य, वन तथा वातावरण मन्त्रालयमा पठाएका केदार बराललाई पदस्थापन गरिएको छ ।
प्रदेशका २ मन्त्रालय भने अझै दोहोरो जिम्मेवारीमा सञ्चालन गर्नुपरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको रिक्त सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख श्रवण कुमार पोखरेललाई दोहोरो जिम्मेवारी दिने निर्णय गरिएको छ ।
यसअघि नै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पूर्ण बहादुर दर्जी दोहोरो जिम्मेवारीको रूपमा कामकाज गर्दै आएका छन् । उनको दरबन्दी प्रदेशसभा सचिवालयमा रहेको छ । उनी प्रदेशसभाको सचिवालय सचिवको रूपमा पनि कामकाज गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छ वर्षपछि उत्तर कोरियाको प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा
-
काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा
-
खुट्टाले बताउँछ तपाईँको स्वास्थ्यको अवस्था !
-
चिमामान्डा अदिचीको नयाँ पुस्तक ‘ड्रिम काउन्ट’ र अफ्रिकी चेतना