बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्नुपर्छ : सभामुख घिमिरे

बुधबार, १६ असोज २०८१, १८ : ०१
बुधबार, १६ असोज २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्नुपर्ने बताएका छन् । बुधबार समितिको अनुसन्धानको क्रममा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले समितिको प्रतिवेदन सरकारले अविलम्ब कार्यान्वयन गर्नुपर्ने धारणा राखेका हुन् । 

सभामुख घिमिरेले प्रतिनिधि सभाले प्रतिवेदन सभामा पेस हुनासाथ सरकारलाई हस्तान्तरण गरेको भन्दै प्रतिवेदनको कार्यान्वयन गरी सहकारीहरूलाई ठिक ढंगले सञ्चालन गर्ने काम सरकारले गर्नुपर्ने बताए । उनले समितिले समझदारीका साथ प्रतिवेदन ल्याएर संसदीय समितिले दलीय दृष्टिकोणभन्दा माथि उठेर समस्या केन्द्रित भएर काम गर्नसक्छ भन्ने उदाहरण प्रस्तुत गरेको पनि बताए । उनले प्रतिवेदन कार्यान्वयनमा सरकारले तत्परता देखाउनुपर्ने बताए । 

उनले भने,  यसले संसदमा परिआइसकेपछि समझदारीपूर्ण ढंगबाट समग्रतामा समेटेर दलीय दृष्टिकोण र आधारमा होइन समस्यामा केन्द्रित भएर काम गर्नसक्छ र गर्दोरहेछ भन्ने कुराको उदाहरण दिएको छ । अविलम्ब सरकारले यसलाई कार्यान्वयन गर्ने कामहरू गरोस् । किनभने प्रतिनिधि सभाले सरकारलाई कार्यान्वयन गर्न प्रतिवेदन बुझाएकै दिन त्यहीँबाट हस्तान्तरण गरिसकेको स्थिति छ । त्यसैले अब यसलाई कार्यान्वयन गर्दै नेपालमा सहकारीलाई ठिक ढंगबाट सञ्चालन गर्ने कामको जिम्मेवारी सरकारले छिट्टै पूरा गर्न सकोस् ।’

उपसभामुख इन्दिरा रानाले समितिले विवेकपूर्ण र न्यायोचित रूपमा सत्यतथ्यमा आधारित भएर प्रतिवेदन ल्याएको विश्वास व्यक्त गरिन् । उनले समितिले कसैप्रति लक्षित नभइ कसैको दबाबमा नपरी प्रतिवेदन ल्याएको विश्वास व्यक्त गरिन् । 

उनले भनिन् ‘ प्रतिवेदनले देशभरि पीडामा भएका व्यक्तिहरू (पीडित)को आँसु पुछियोस् । कसैप्रति लक्षित नभईकन सम्बन्धित वर्गहरूको लागि जुन समिति खडा गरेका छौँ उहाँहरूको आँसु पुछियोस् भन्ने मेरो शुभकामना छ ।’

उपसभामुख रानाले प्रतिवेदनले सहकारी पीडितहरूको आँसु पुछिनुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप