बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

बारका अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिन माग

बुधबार, १६ असोज २०८१, १७ : २२
बुधबार, १६ असोज २०८१

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले नेपाल बार एशोसिएशनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध दायर अदालतको अवहेलना मुद्दा फिर्ता लिन माग गरेको छ । 

सर्वोच्च बारका सचिव श्याम कुमार खत्रीले बुधबार जारी गरेको विज्ञप्तिमा घिमिरेले व्यक्त गरेको विचारलाई लिएर सर्वोच्च अदालतका कर्मचारीको प्रतिवेदनको आधारमा दायर भएको अदालतको अवहेलनाको मुद्दाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । यो कार्य सम्पूर्ण कानून व्यवसायी माथिको गम्भीर प्रहार भएको विज्ञप्तिमा उल्लेख छ।  

‘नेपाल बार एशोसिएशनका अध्यक्षले न्यायपालिकामा रहेको विकृति, विसंगति विरुद्ध व्यक्त गरेको अभिव्यक्तिको विषयलाई लिएर अदालतको अवहेलना जस्तो गम्भीर मुद्दा हतारिएर दायर गर्नु स्वतन्त्र न्यायपालिकाको लागि शोभनीय होइन’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ देश, जनता र संविधानको पक्षमा सदैव क्रियाशील रहेको कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे उपर दायर भएको अदालतको अवहेलना मुद्दा अविलम्ब फिर्ता लिन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ र मुद्दा फिर्ता नभएसम्म यस बार एशोसिएशनले संस्थागत रूपमा प्रतिरक्षा गर्ने र सदस्यहरूलाई समेत प्रतिरक्षाको लागि आह्वान गर्दछ ।’

अदालत र बार बीचका असमझदारीहरू विगतमा पनि छलफलबाट समाधान भएको परिप्रेक्ष्यमा यो विषय पनि वार्ता तथा छलफलबाट निरूपण हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ। 

461567391_8458983354160422_8448340178711812055_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप