बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

विदेश हुँदा महिलाको चरित्र हत्या, नेपाल फर्किनेबित्तिकै पक्राउ

बुधबार, १६ असोज २०८१, १७ : १४
बुधबार, १६ असोज २०८१

काठमाडौँ । विदेशमा हुँदा महिलाको चरित्र हत्या गरेको आरोपमा एक पुरुष नेपाल फर्किनेबित्तिकै पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ स्थायी वतन भई मलेसियाबाट फर्किएका वर्ष २९ का खगेन्द्र यरी रहेका छन् । 

उनले सामाजिक सञ्जालमा एक महिलासँग साथी बनी कुराकानीका क्रममा म्यासेञ्जर मार्फत गोप्य तस्विर साटासाट गरेको र पछि सामाजिक सञ्जालमा फेक आईडी बनाई उक्त आईडी मार्फत पीडितका आफन्त तथा साथी भाइलाई पठाई चरित्रहत्या गरेको उजुरी प्रहरीमा परेको थियो ।  

उनीविरुद्ध साइबर ब्युरोले २०७९ वैशाख २३ गते नै  मुद्दा दर्ता गरेपनि फरार रहेकाले इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएको थियो ।  सोहीअनुसार नेपाल फर्कने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्युरोले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप