यातायात सहज बनाउनेबारे भौतिक र रक्षामन्त्रीबिच छलफल

काठमाडौँ । बाढी पहिरोले अवरुद्ध भएको सडक मर्मत गरि यातायात सहज बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर राई बिच छलफल भएको छ ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा क्षतीग्रस्त सडकको मर्मत र निर्माणका लागि दुवै मन्त्रालय विच सहकार्य हुने बारेमा छलफल भएको थियो ।
चाडपर्वको समेत बेला भएकाले जति सक्दो चाँडो सडक मर्मत तथा निर्माण गरि यातायात सहज बनाउन रक्षा मन्त्रालय पनि सहयोग गर्ने भएको छ । वीपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालय मार्फत नेपाली सेनाको समेत सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीहरु विचमा छलफल भएको हो ।
छलफलमा मन्त्रालयका सचिव केशकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरु समेत सहभागी रहेको थियो ।
सडक विभागले क्षतिग्रस्त सवै स्थानहरुमा प्राविधिक तथा उपकरणहरु परिचालन गरि सवारी आवागमन सहज बनाउने काम गरि रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित