दलको बैठक नबसी १५ दिनको तलब दिने घोषणा गरेको भन्दै एकीकृत समाजवादीका सांसदहरूको असन्तुष्टि
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसदहरूले आफूहरूसँग छलफल नै नगरी बाढी पहिरो प्रभावितको सहयोगार्थ १५ दिनको तलब दिने सचेतक मेटमणि चौधरीले घोषणाप्रति असन्तुष्टि जनाएका छन् ।
उपमहासचिव समेत रहेका सचेतक चौधरीले बुधवार वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टी र दलको निर्णयअनुसार सांसदहरूका तर्फबाट १५ दिनको पारिश्रमिक गर्ने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणासहितको पत्र संसद् सचिवालयमा बुझाएका थिए ।
तर सो पार्टीका सांसदहरूले भने सचेतकको उक्त घोषणा आफूखुसी भएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘पहिलो कुरा हामीसँग कुनै औपचारिक अनौपचारिक कुनै छलफल गरिएन, संसदीय दलको बैठक पनि राखिएन एकैपटक १५ दिनको तलव दिने भनेर सचेतकको पत्र सार्वजनिक भयो’, एक असन्तुष्ट सांसदले भने, ‘पार्टी अध्यक्ष समेत काठमाडौँ बाहिर भएका बेला कसरी यस्तो निर्णय भयो भनेर हामी नै आश्चर्यमा परेका छौ ।’
ती सांसदले पार्टी र दलको बैठक बसेर छलफल भएको भए बाढी प्रभावितका लागि आफूहरू एक महिनाकै तलब समेत दिन सक्ने बताए ।
‘पैसा ठुलो कुरा भएन । तर प्रवृत्ति ठिक भएन । किनभने छलफल गरेको भए हामी एक महिनाकै तलब दिन सक्थ्यौ’, ती सांसदले भने, ‘यस्तै कारणले पार्टीमा असन्तुष्टि बढ्ने हो ।’ तर सचेतक चौधरीले भने पार्टीमा भएको सल्लाहअनुसार नै आफूले संसद् सचिवालयलाई पत्र बुझाएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट