शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सरकारले विपद् व्यवस्थापनमा ध्यान नदिँदा ठुलो जनधनको क्षति भयो : प्रचण्ड

बुधबार, १६ असोज २०८१, १६ : १२
बुधबार, १६ असोज २०८१

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो जान सक्ने पूर्वसूचना पाउँदासमेत सरकारले प्रभाकारी काम नगरेको आरोप लगाएका छन् । बुधवार जिल्ला समन्वय समिति काभ्रेपलान्चोकस्थित धुलिखेलमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा उनले सरकारमाथि आरोप लगाएका हुन् ।

‘अत्यधिकता वर्षापछि बाढी पहिरोले क्षति पुर्‍याउने क्षेत्रको पूर्वसूचना पहिले नै आएको थियो । मैले पनि पूर्वतयारीका विषयमा सरकारको ध्यानाकर्षण गराएको थिएँ । तर सरकारले  ध्यान नदिँदा धेरै जनधनको क्षति भएको छ । अब राष्ट्रिय सङ्कटको यस घडीमा सत्तापक्ष र प्रतिपक्ष मिलेर सामना गर्नुपर्छ’, उनले भने ।

अत्यधिक वर्षा र बाढीका कारण सबैभन्दा बढी क्षति काभ्रेमा भएको भन्दै उनले पीडितहरूको उद्धार र राहतका लागि तत्काल पहल थाल्न उनले सरकारसँग आग्रह गरे । साथै पीडितहरूको उद्धार र राहतका लागि सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयले खेलेको भूमिकाको प्रशंसा गरे ।  

०७२ सालको महाभूकम्पमा सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर राष्ट्रिय विपत्तिको सामना गरेको उनले स्मरण गरे । अहिले पनि सबै मिलेर राष्ट्रिय सङ्कटको सामना गरेर जानुपर्नेमा जोड दिए  । बेपत्ता खोजी कार्य पनि अझै बाँकी रहेको र खोज उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्ने प्रचण्डले बताए ।

दसैँ तिहार आएकाले सबैभन्दा पहिला सडक सञ्चालन गर्न सरकारसँग माग गरे । कार्यक्रममा सहभागीहरूले काभ्रेमा मुख्य समस्या बाटो, बिजुली, खानेपानी र खाद्यान्न आपूर्ति रहेको प्रचण्डलाई सहभागी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप