मस्कले किनेको भन्दा ८० प्रतिशत घट्यो एक्सको मूल्य
बुधबार, १६ असोज २०८१, १५ : ५८

वाशिङ्टन डीसी । माइक्रो ब्लगिङ वेबसाइट एक्सको मूल्याङ्कन दुई वर्ष अघिको तुलनामा ८० प्रतिशतभन्दा कम छ । लगानी कम्पनी फइडेलिटीले गरेको अनुमानले यस्तो देखाएको हो ।
सन् २०२२ को अक्टोबरमा मस्कले ४४ अर्ब डलर तिरेर एक्स किनेका थिए । मस्कले किनेलगत्तै एक्सलाई प्राइभेट बनाएका थिए । अगस्टको अन्त्यसम्ममा एक्सको मूल्याङ्कन ४ अर्ब २० करोड डलर मात्रै रहेको फाइडेलिटीको ब्लू चिप ग्रोथ फन्डले आइतबार पेस गरेको फाइलिङले देखाएको छ ।
यो मूल्याङ्कन जुलाईको अन्त्यमा कम्पनीले गरेको अनुमान भन्दा २४ प्रतिशत कम हो । सन् २०२२ को अक्टोबरको मस्कले ट्विटर किन्दाको तुलनामा भने यो ७९ प्रतिशत कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा