मध्यपूर्वमा जारी तनावका बिच बढ्यो तेलको मूल्य

न्यूयोर्क । बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । इरानले इजरायलमा अहिलेसम्मकै ठुलो सैन्य आक्रमण गरेलगत्तै तेलको आपूर्ति प्रभावित हुने चिन्ताबिच तेलको मूल्य बुधबार २ प्रतिशतभन्दा बढीले बढेको हो । बुधबार लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको भाउ २ दशमलव २ प्रतिशतले बढेर प्रतिब्यारेल ७५ डलर १९ सेन्टमा पुगेको थियो ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि २ दशमलव ४ प्रतिशतले बढेर ब्यारेलको ७१ डलर ५३ सेन्टमा उक्लिएको थियो । मंगलबार तेलको दुबै बेञ्चमार्क ५ प्रतिशतभन्दा बढीले बढेका थिए । बजार बन्द हुँदा वृद्धि साढे २ प्रतिशतमाथि थियो । बुधबार बिहानै इरानले इजरायलमाथि थप आक्रमण गर्ने चेतावनी दिएको थियो ।
उता, इजरायल र अमेरिकाले भने तेहरानको प्रतिकार गर्ने भनेका छन् । इरानले इजरायलमाथि जमिनबाट समेत धावा बोल्न थालेपछि दुई देशबिचको युद्धमा अमेरिका पनि तानिने देखिएको छ । विश्वको कूल तेल उत्पादनको इरानले ४ प्रतिशत हिस्सा ओगटेको छ । इरानको तेल आपूर्ति प्रभावित भएमा साउदीले बढाउन सक्छ । तर अहिलेका लागि मध्यपूर्वको तनावले विश्वको तेल बजारलाई तताइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लाज शरणम्’ विवादमा अर्जुन घिमिरे : प्रचारको रोकले झन् राम्रो प्रचार भइदियो
-
परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
अब पढ्न पाइने छैन अस्ट्रेलियाका पूर्वकप्तान इयान च्यापलले लेखेको क्रिकेटसम्बन्धी समाचार र विश्लेषण
-
यस्ता छन् केन्द्रीय कमिटीले पास गरेको १७ बुँदे प्रस्ताव (पूर्णपाठ)
-
छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार
-
नेपालीले आवश्यकताभन्दा ४ गुणा बढी नुन खाइरहेका छन् : महर्जन