सांसद परियारको राउतलाई प्रश्न– न्यायाधीश नियुक्तिबारे बारम्बार किन प्रश्न उठ्छ ?

काठमाडौँ । सांसद जीवन परियारले न्यायाधीश नियुक्तिबारे बारम्बार किन प्रश्न उठ्छ भन्दै प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रश्न गरेका छन् ।
बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसद परियारले न्यायाधीश नियुक्तिको विषयमा प्रश्न उठ्ने गरेको बताएका हुन् ।
उनले भने,‘पञ्चायतकमलमा अदालतमाथि जनताको भरोसा थियो तर अहिले नभएको जनगुनासो छ । न्यायाधीश नियुक्तिको विषयमा पनि प्रश्न उठ्ने गरेको छ, किन बारम्बार यसरी प्रश्न उठ्ने गरेको हो ?’
सांसद परियारले मानहानि बारेमा अदालतले प्रष्ट नजिर बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘अहिले न्यायालयप्रति जनताको भरोसा गुमेको छ, अदालतप्रति जनताको विश्वास भरोसा कस्तो छ, सर्वोच्चले त्यसबारे अध्ययन गरोस् । अदालतप्रति जनताको सहज पहुँच छैन, अदालतमा हुने झन्झटले सर्वसाधारण बरु पीडा सहन चाहन्छन् तर अदालत जान नचाहने अवस्था छ । मानहानि कसलाई लाग्ने, कसरी लाग्ने भन्नेमा प्रष्ट भएन ।’
हरेक पटक प्रस्तावित प्रधानन्यायाधीशहरूले कार्ययोजना ल्याउँदा निकै राम्रो ल्याउने गरेको भन्दै सांसद परियारले कार्यान्वयन भने नहुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा
-
गणतन्त्रवादीको संयमता : समाजवादी मोर्चाको विरोधसभा शन्तिपूर्ण