बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

यौन सम्पर्कका क्रममा युवतीको मृत्यु, युवक थुनामा

बुधबार, १६ असोज २०८१, १५ : २०
बुधबार, १६ असोज २०८१

गुजरात । यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो । ती युवकले यौन सम्पर्कपछि अत्यधिक रक्तस्रावका बाबजुद युवतीलाई उपचारका लागि समयमै अस्पताल नलगेको प्रहरीको भनाइ छ ।

पीडित युवतीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपितले प्रमाण नष्ट गरेकोबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । नवसारी जिल्लाको जलालपुर निवासी युवकले एक परिचित युवतीसँग यौन सम्पर्क गरेको र रक्तस्राव भएर युवती सिकिस्त हुँदा पनि एम्बुलेन्स बोलाएर अस्पताल लैजानुपर्नेमा अनलाइनबाट औषधि मगाउन खोजेको प्रहरीको भनाइ छ ।

स्थानीय एसपी सुशील अग्रवालका अनुसार फरेन्सिक रिपोर्टमा अत्यधिक रक्तस्रावकै कारण युवतीको मृत्यु भएको पाइएको छ । युवकले समयमै पीडित युवतीलाई अस्पताल लगेको भए बचाउन सकिने निष्कर्ष पनि प्रहरीले निकालेको छ ।

प्रहरीले दर्ता गरेको उजुरी अनुसार पीडित युवती नर्सिङ विषयकी छात्रा थिइन् । ती युवती आरोपित युवकसँग तीन वर्ष अघि नै परिचित थिइन् । तर दुई वर्षभन्दा लामो समय उनीहरू सम्पर्कमा रहेनन् । हालै केही महिना अघि उनीहरूबिच फेरि सम्पर्क भयो । सेप्टेम्बर २३ का दिन उनीहरू केही निजी पल बिताउन भनेर होटलमा पुगेको प्रहरीको भनाइ छ ।

युवतीसँग यौन सम्पर्कपछि रक्तस्राव भएको र यस क्रममा युवकले तत्काल अस्पताल लैजानुपर्नेमा अनलाइनबाट विभिन्न औषधि खोजी गरेको, साथीहरूसँग छलफल गरेर समय बिताएको प्रहरीको आरोप छ । होटलबाट बाहिरिनु अघि ती युवकले रगतका दाग सफा गरेर प्रमाण मेटाउने प्रयास गरेको पनि प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप